site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको ती उच्च प्रहरी अधिकारीले बताए ।

"अली हाम्रो शंकामा घेरामा थिए । घटनापछि उनी भारत गएका थिए । अहिले नेपाल आएपछि अनुसन्धानका लागि उनलाई हामीले नियन्त्रणमा लिएका हौँ । अनुसन्धान जारी छ," ती अधिकारीले भने ।

Global Ime bank

उनका अनुसार अलीको डीएनए परीक्षणका लागि पठाइएको छ ।

०७५ साउन ११ गते निर्मलाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा फेला परेको थियो । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement