अर्थ व्यवसाय

काठमाडौं । डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।
०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए ।
यस लक्की ‘ड्र’को प्रत्यक्ष प्रसारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत च्यानलहरू र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।
विजेताहरूले स्पेन जाने–आउने दुईतर्फी हवाई टिकट, चार रातको होटेल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८ १७:०३
प्रतिक्रिया दिनुहोस्