काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावली वाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा बोल्दै मन्त्री यादवले खरिद नियमावलीले सहज काम गर्न वाधक बनेको बताइन् । मन्त्री यादवले खरिद ऐन कै कारण विकास निर्माणको काम नहुँदा सरकारले खरिद नियमावली संशोधन गर्ने तयारीमा रहेको बताइन् । उनले खरिद नियमावलीका कारण सडक निर्माण टेण्डर प्रक्रियामा नै समस्या भएको बताए ।
यद्यपि, पछिल्लो समय सडक निर्माण तथा पुल निर्माणमा देखिएका समस्या हल गर्दै निर्माण कार्य अगाडि बढेको मन्त्री यादवको दाबी छ । उनले दार्चुला तथा कर्णाली क्षेत्रमा बन्ने सडक निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकता दिएको पनि बताइन् ।