site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चारजनाको मृत्यु, तीनको अवस्था गम्भीर
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वार्टरमा गए राति एकै परिवारका चारजनाको मृत्यु भएको छ । क्वार्टरमा निस्सासिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कालिकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराई, उनकी आमा कोकिला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको मृत्यु भएको जानकारी दिए । धनप्रसाद अस्पतालमा सहयोगीका रूपमा काम गर्दै आएको पनि प्रजिअ खत्रीले बताए ।

Agni Group
NIC Asia

उक्त क्वार्टरको एउटै कोठामा उनीहरू चारसहित एकै परिवारका सातजना सुतेका थिए । तीनजनाको अवस्था गम्भीर छ ।

‘‘धनप्रसादकी श्रीमती सुशीला होसमै छिन् । उनका तीन वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको अवस्था गम्भीर छ । तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय