site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए ।

समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ । व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्ने छ । कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई  मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement