राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए ।
ती दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूलाई छलफलका लागि आज समय छुट्ट्याइएको छ ।
भोलिको बन्दसत्रमा समूहका टोली नेताले छलफलको निष्कर्ष तथा सुझाव पेस गर्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ १३:५३
प्रतिक्रिया दिनुहोस्