site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध हुने भएको छ । नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको हो ।

सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअन्तर्गत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरू स्वचालित रूपमा गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro