site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश-२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने
SkywellSkywell

जनकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने भएको छ ।

आज बस्ने प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ प्रस्ताव पेस गर्न लागेका हुन् । प्रदेशसभा बैठकको कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा नमावलीसहितको प्रस्ताव पेस हुनेछ ।

Dabur Nepal
NIC Asia

विशेष समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सहमति नजुटे चुनावी प्रक्रियाबाट नाम र स्थायी राजधानी तय हुनेछ ।

जनता समाजवादी पार्टी (जसपा)ले मधेस नाम र जनकपुर राजधानी प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्मथन गरेका छन् ।

सत्तरूढ अर्को दल नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम र राजधानी जनकपुर प्रस्ताव गरेको छ । यद्यपि, कांग्रेसकै एक सांसदले वीरगन्ज राजधानीको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपा (एकीकृत समाजवाद)ले जनक नाम र जनकपुर राजधानी प्रस्ताव गरेको छ भने उसको प्रस्तावलाई नेकपा (एमाले)ले सर्र्मथन गरेको छ । केही सांसदले नामका लागि मध्य मधेस पनि प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा अहिले १०४ सदस्य छन् । नाम र राजधानी टुंगो लगाउन दुईतिहाइ मत अर्थात् ७० प्रदेशसभा सदस्य आवश्यक पर्छ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा, लोसपा र माओवादी केन्द्रका सांसदको संख्या ६२ पुग्छ । उनीहरूलाई दुईतिहाइ बहुमत पुर्‍याउन थप आठ सांसद आवश्यक पर्छ । जसपाका ३७, लोसपाका १६ र माओवादी केन्द्रका आठ सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro