काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत किर्तीपुर नगरपालिका र चन्द्रागिरी नगरपालिमा निर्माण गरेको चन्दागिरी साहसिक साइकल ट्रेलको उद्घाटन गरेकाे छ ।
कीर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त ट्रेल बोसनडाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको वेस स्टेसनसम्म पुगेर टुङ्गिन्छ । करिब १५ किलोमिटर लम्बाइको उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीबार उद्घाटन गरे ।
उनले कोभिडले पर्यटन क्षेत्र तहस नहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुकासाथै विभिन्न स्थानमा पर्यटकीय गन्त्वय निर्माण हुनु सकारात्मक भएको बताए । उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदाहरू रहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि पर्यटनलाई प्रााथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्यूनिकरण गर्न र पर्यटन पुनरुत्थानका लािग बोर्डले निरनतर पहल गरिहको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाहरूको दिगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनु पर्ने बताए । रिजालले सिमित स्रोत र साधनका बाबजुद पनि बोर्डले पर्यटन पुनरुत्थानका लागि काम गरिरहेको बताए ।
यस्तै यूएनडीपीका नेपाल स्थित आवासिय उपप्रतिनिधि बर्नाडो कोकोले यस परियोजनाले थोरै भएपनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दिगो पर्यटन विकासमा यूएनडीपीको सधैँ सहयोग रहने बताए ।