राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।
यही पुस २७ गते कञ्चनपुरबाट सो यात्रा सुरु गरिनेछ । सहिद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य हुनेछ ।
पार्टीको हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ १२:१२
प्रतिक्रिया दिनुहोस्