काठमाडौं । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८औँ स्थापना दिवस मनाएको छ ।
लक्ष्मी ग्रुपले नेपालमा विश्वासिलो, स्थापित र व्यवस्थित कम्पनीको रूपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरूको माग पूर्ति गरिरहेको छ । लक्ष्मी ग्रुपले ४८ वर्ष पूरा गरिरहँदा डेरी, प्लास्टिक, अटोमोबाइल्स, विद्तीय, स्टीललगात क्षेत्रमा लगानी गरिरहेको छ ।
लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्वअन्तर्गत भद्रकाली मन्दिर सरसफाइ, मानवसेवा आश्रममा खाद्यान्न सामग्री, टोपी र मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम सिफल, फ्युचर होप नेपाल गोठाटार र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी सामान वितरण गरेको जनाइएको छ ।