site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो नेपाली किबोर्ड एपको डाउनलोड १ करोड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड भएको छ। 

फेसबुक र स्मार्ट फोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था थियो र धेरैले रोमन नेपालीमै लेख्नुपर्ने थियो तर लेख्न सजिलो भने थिएन। त्यहि असहजतालाइ मध्य नजर गर्दै २०१४ मा हाम्रो पात्रो नेपाली किबोर्ड आयो र धेरैको लागि नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो भएको हाम्रो पात्रोले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हाम्रो नेपली किबोर्ड अहिले एक करोड डाउनलोड भएको हाम्रो पात्रोले जनाएको छ।

सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै  दश लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो। यो सँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन्। यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ। 
 
एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए। यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइल अनुसार किबोर्डको आकार  चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधाका साथ स्टिकर्स र चाहे अनुसार थीम परिवर्तन गर्ने सुविधा पनि रहेको उने जनाएका छन् ।

Royal Enfield Island Ad

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन्। यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले बताए। 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro