site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महिला खुला सदस्यमा डिला संग्रौला अगाडि, आरजु ३ नम्बरमा यथावत
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

हालसम्म ३३५० मतगणना भइसकेको छ । जसमा २०७९ मत ल्याउँदै डा. डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ ।

Agni Group
NIC Asia

पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा कांग्रेस सचेतक समेत रहेकी पुष्पा भुसाल रहेकी छिन् । भुसालले १९७५ मत प्राप्त गरेकी छन् । 

महिला खुलातर्फ १८५० मत ल्याउँदै डा. आरजु राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नि हुन् । यता, १६७७ मतसहित अम्बिका बस्नेत चौथो, १६२७ मत सहित इश्वरी न्यौपाने पाँचौ तथा १५१० मत सहित सरिता प्रसाईं छैटौँ स्थानमा छन् । 

Global Ime bank

सातौँ स्थानमा १३५५ मतका साथ रमा कोइराला, १३०६ मतमका साथ आठौँ स्थानमा शुशिला ढकाल र १३०८ मतका साथ रङमती शाही नवौँ स्थानमा रहेकी छन् । 

कांग्रेस विधान अनुसार खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य बन्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu