राजनीति
![गठबन्धनले राजनीतिलाई ट्रयाकमा ल्याएको हो : मन्त्री कार्की](https://12khari.top/uploads/posts/gyenendra karki1639988657.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले संविधानको रक्षा गरेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको हत्या गर्ने प्रयास गरेको भन्दै उनले राजनीतिक गठबन्धनले राजनीतिलाई ट्रयाकमा ल्याएको बताए ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार विधिको शासन, सुशासन र लोकतान्त्रिक शासन कायम गर्दै अघि बढेको उनको भनाइ छ । “अब कुनै नेपालीले पद्धतिका लागि लड्नुपर्दैन,” उनले भने ।
तथ्यांकको विकासले मात्रै देशको विकास हुन नसक्ने भन्दै मन्त्री कार्कीले राजनीतिक पद्धतिलाई सुदृढ गर्दै समृद्धिको दिशातिर उन्मुख हुनु पर्नेमा जोड दिए ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १४:०७
प्रतिक्रिया दिनुहोस्