site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले नजाने !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

उनले आइतबार दिउसो ४ बजे संसद्मा जारी अवरोध, एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका राससले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ ।

Agni Group
NIC Asia

नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए ।

Global Ime bank

तर प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा भने नेकपा एमाले नजाने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएको हुँदा एमाले उक्त बैठकमा सहभागी हुने छैन ।

उनका अनुसार एमालेले लगातार उठाएको विषयमा छलफल नै नगरी अर्को विषयमा छलफल गर्नुको कुनै औचित्य छैन ।

त्यसबाहेक एमसीसीमा सत्तारुढ गठबन्धनभित्रै एकमत नरहेको हुँदा आफूहरुको थप धारणा नरहेको पनि बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय