काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पदाधिकारीको छिनोफानो लागिसकेको छ । शुक्रबार महामन्त्रीको अन्तिम परिणाम आएसँगै कांग्रेस पदाधिकारीको टुङ्गो लागेको हो ।
कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी आएका छन् ।
कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा अक एक जना कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित हुनेछन् ।
पदाधिकारीमा देउवा समूको वर्चस्व छ । उपसभापति खड्कासहित सहमहामन्त्रीहरू आङ्देम्बे, उपाध्याय, चौधरी, राठौर, मन्सुर र यादव देउवा समूहका हुन् ।
डा. शेखर कोइराला समूहबाट उपसभापति गुरुङ, महामन्त्री थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार पदाधिकारीमा छन् ।
शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विजयी भएका हुन् ।