अर्थ व्यवसाय
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ ।
एफवानसफ्ट, फोनपे र बैकको सहकार्यमा बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको जनाइएको छ । यस सुविधामा बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने जनाइएको छ ।
एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवासमेत सुरु गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८ १२:२७
प्रतिक्रिया दिनुहोस्