राजनीति
काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् । लामाले १८२५ मत ल्याएका छन् ।आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् ।
अब २१९ मत मात्र गन्न बाँकी छ ।
आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ २१:४०
प्रतिक्रिया दिनुहोस्