site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

मलंगवा । सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु भएको छ ।

परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७, सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो ।

Global Ime bank

आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

यसैगरी, सर्लाही सदरमुकाम मलंगवा–६, खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवन गरेका नसिरले घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिए । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय