site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सुनसहित विमानस्थलबाट पाँच बंगलादेशी नागरिक पक्राउ
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन लुकाई लैजान लागेको अवस्थामा पाँचजना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

एक हजार ३११ ग्राम बजारबरको सुनको औठी र चुरासहित उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल ईस्लाम रहेका छन् ।

Dabur Nepal
NIC Asia

पक्राउमध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुनजस्तो धातु बरामद भएको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro