काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान दिन सुझाव दिएका छन् । देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएपछि बधाई दिँदै पौडेलले लोकतन्त्र र सुशासन कायम गर्न सफलता मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
आज पौडलले विज्ञप्तिमार्फत राष्ट्रिय जीवन र पार्टी जीवन इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गरेका छन् । देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी रहेकाले त्यसबाट पार लगाउनुपर्ने उनको भनाइ छ ।
“हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौँ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभाार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्,” उनले भनेका छन्, “यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।”
शुभकामना सन्देश पढ्नोस्–