site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन, विज्ञ सदस्यमा धिताल

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डको अध्यक्ष सिफारिसका लागि समति गठन गर्ने निर्णय भएको पत्र आएको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।

यसअघि अर्थमन्त्रीस्तरीय निर्णयबाट विज्ञ सदस्यमा नारायण पौडेल रहने गरी योजान आयोगको उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी सदस्य रहेको अध्यक्ष सिफारिस समिति बनेको थियो । उक्त समितिले अध्यक्षका लागि ऐन अनुसारको मापदण्ड बनाएर आवेदन माग गरेको थियो । जसमा १२ जनाको आवेदन परेको थियो ।

तर, सो समिति ऐन अनुसार नबनेको भन्दै त्यसलाई खारेज गरेर नयाँ समित गठनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्ले सो समितिलाई खारेज नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो । 

पुनः गठन भएको समितिमा विज्ञ सदस्य नारायण पौडेलको स्थानमा डा. जीवनाथ धिताल आएका छन् ।

धितोपत्र सम्बनन्धी ऐन अनुसार समितिको संयोजक योजना आयोगको सम्बन्धित क्षेत्र हेर्न सदस्य र तीन सदस्यीय समितिमा अर्थसचिव पनि रहने व्यवस्था छ । जसअनुसार सिफारिस समितिको संयोजन योजना आयोगका उपाध्यक्ष पौडेलले नै गर्ने छन् । अर्थसचिव मरासिनी सदस्य रहने छन् ।

धिताल नेपाल स्टक एक्सचेञ्जको पूर्व अध्यक्ष हुन् । प्रचण्ड नेतृत्वको सरकारका बेला धिताल नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

उनी नेप्सेको सीईओ सिफारिस समितिमा पनि छन् ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्तीमा परेसँगै बोर्डको अध्यक्ष रिक्त छ । सोही प्रकरणमा मुछिएको नेप्सेको प्रमुख कार्यकारी अधिकृतले पनि राजीनामा दिँदा नेप्से पनि नेतृत्व विहीन छ ।

नेप्सेको सीईओ नियुक्तिका लागि पनि आवेदन माग भइसकेको भएपनि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अन्यौलमा पर्दा नेप्सेको सीईओ पनि नियुक्त हुन सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro