![बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम](https://12khari.top/uploads/posts/Skoda 11639482862.jpeg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । अटोमोबाइल ब्रान्ड स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।
बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गरेको जनाएको छ । एमएडब्लूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।
स्कोडाको नयाँ सोरुमको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका छन् ।