दक्षिणी अफ्रिका । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड-१९ को संक्रमण भएको छ ।
उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ ।
उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएको थियो । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ ।
हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ । तर, उgलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । रासस/सिन्ह्वा