site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मतदाता समक्ष भोट माग्दै गगन थापा (तस्बिरहरु)
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि मतदाता लाइनमा बसेका छन् । 

मतदान सुरु हुनै लाग्दा उमेदवारहरु भोट मागिरहेका छन् । महामन्त्रीका उमेदवार गगन थापा पनि मतदातासमक्ष भोट मागिरहेका छन् । उनी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उमेदवार हुन् । 

बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेको छैन । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।  मतदान पश्चात् आजै सभापतिको मतगणना सुरु हुनेछ । 

Dabur Nepal
NIC Asia

 १६७ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।

No description available.जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा। सुरेश आचार्यले जानकारी दिए ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक संघ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमन्डप प्रांगणमा २९३ बुथ र भृकुटीमन्डपको हलमा ५१४ बुथ राखिने भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro