site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल वालेट खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत लगानी
SkywellSkywell

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।

नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पुर्‍याइरहेको वर्ल्डलिङ्कले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वर्ल्डलिङ्क र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्‍याउनका लागि सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

२५ वर्षअघि स्थापना भएको वर्ल्डलिङ्कले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि इन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ । ‘वर्ल्डलिङ्कले नेपालको सहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेटको सेवा विस्तार गरिरहेको छ," वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवालले भने, "यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा सावित हुनेछ ।"

खल्तीसँगको सहकार्यले ग्रामीण क्षत्रेमा इन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्‍याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्‍याउने विश्वास लिएको अध्यक्ष अग्रवालले बताए ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro