राजनीति
काठमाडौं । नेपाली कांगेसका सभापतिका आकांक्षी डा. शेखर कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् ।
काठमाडौंको एक होटलमा भएको छलफलमा यस्तो निर्णय भएको हो ।
रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दियो ।
टिमको महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापालाई अघि सार्ने निर्णय गरिएको छ ।
त्यस्तै सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार र शेख वकिललाई अघि सार्ने निर्णय भएको छ ।
रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत पनि यसमा सहमत भएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८ १४:४३
प्रतिक्रिया दिनुहोस्