काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असक्षम नेतृत्वतलाई भोट हालेर पाँचवर्ष टाउकोमा हात राखेर बस्ने वातावरण सिर्जना नगर्न आग्रह गरेका छन् । आगामी नयाँ कार्यसमितिको सभापतिमा औपचारिक उमेदवारी घोषणा तथा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले भने असक्षम प्रमाणित भइसकेको नेतृत्वतलाई भोट हालेर पाँच वर्ष टाउकोमा हात राखेर बस्ने वातावरण सिर्जना नगर्न आग्रह गरेका हुन् ।
वर्तमान सभापति शेरबहादुर देउवालाई असक्षम नेतृत्व भनेका उनले पार्टीलाई नयाँ दिशा दिनसक्ने व्यक्तिलाई सभापतिमा भोट हाल्न आग्रह गरे ।
उनले संस्थापनइतरबाट सभापतिको साझा उमेदवार खोज्ने क्रममा आफूलाई बाधक भएको आरोप लगाइएको भन्दै भने, “म जे बोल्छु, त्यही गर्छु । १३औं महाधिवेशनपछि मैले पार्टी नेतृत्त्व फेर्नुपर्छ भन्दै आएको थिएँ । पार्टीको नेतृत्त्व म गर्छु भनेको थिएँ । त्यही अनुसार अहिले अगाडि बढिरहेको छु ।”