अर्थ व्यवसाय
काठमाडौं । मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको फाइनान्स संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
मञ्जुश्रीले ४० प्रतिशत वोनस सेयर र ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । फाइनान्सको उक्त प्रस्तावअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १३:३३
प्रतिक्रिया दिनुहोस्