अर्थ व्यवसाय
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् । थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए ।
नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।
चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ ०६:५८
प्रतिक्रिया दिनुहोस्