तामिलनाडु । भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीसहित १४ जना सवार सेनाको हेलिकप्टर तामिलनाडुको कुन्नूरमा दुर्घटना भयो ।
भारतीय सञ्चार माध्यमकाअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हो । भारतीय वायु सेनाले यसबारे छानबिन गर्न निर्देशन दिइसकेको छ ।
यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भोलि बयान दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । रक्षामन्त्री सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर दुर्घटनाको जानकारी गराएका थिए भने रावतको घरमा पनि पुगेका थिए ।
कोको थिए हेलिकप्टरमा ?
हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।