site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट लागुऔषधसहित चारजना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार उनीहरूबाट करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो । कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि आजै पक्राउ गरिएको छ । 

यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमूना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro