काठमाडौं । नेपाली कांग्रेसका सभापतिका आकांक्षी प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्दै आफूहरुको बीचमा सहमतिको उमेदवार बनाउने प्रयास जारी रहेको बताएका छन् ।
उनले सिंहदरबारअघि रहेको सम्पर्क कार्यालयअघि पत्रकारसँग कुरा गर्दै भने, “सहमतिको उमेदवार बनाउने प्रयास हुँदैछ, हामी मिल्न सकेनौँ भने प्रजातान्त्रिक प्रक्रिया अपनाउने छौँ ।”
उनले सहमतिको सम्भावना अझै पनि बाँकी रहेको बताउँदै कुरा मिल्न सजिलो नभएको बताए ।
“सहमतिको सम्भावना टरेको छैन । कुरा मिल्न सजिलो छैन । प्रजातान्त्रिक पार्टी हो कुरा नमिले चुनाव हुन्छ,” उनले भने, “सहमतिको उमेदवार बनाउने प्रयास जारी छ । १३औँ महाधिवेशनपछि पार्टी के भयो ? चुनावमा कस्तो भयो सबै महाधिवेशन प्रतिनिधिले मत दिनुअघि विचार पुर्याउनुहोला ।”