विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अर्ली इलेक्सनको सम्भावना नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, “अर्ली इलेक्सनको सम्भावना देखिँदैन । आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले त्यो सपना देखेका होलान् । तर, त्यो सपना विपना हुने वाला छैन ।”
अध्यक्ष नेपालले गठबन्धनमार्फत नै चुनावमा जाने बताए । “कांग्रेसका नेताहरुले तालमेल गर्नु हुँदैन भनेको मैले सुनेको छैन । कहीँ न कहीँ तालमेल गर्नुपर्छ भन्ने सुन्छु । मिलेरै जानुपर्छ, यो देशमा अब गठबन्धनको संस्कार बस्ने छ,” उनले भने, “गठबन्धनको सरकार निर्माण हुने अवस्था पनि देखिन्छ । त्यस्तो अवस्थामा धेरै देउसी गर्नुभन्दा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ कि भन्ने राय परामर्श भएको पाएको छु ।”
अध्यक्ष नेपालले ०७४ सालको चुनावमा गठबन्धन गरिएको स्मरण गर्दै प्रश्न गरे, “पहिले गर्दा जायज आज गर्दा नाजायज हुन्छ ?”