site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
राप्रपाको पदाधिकारीमा को–को भए विजयी ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा  उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । 

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् । 

महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । पाठक कमद थापा प्यानलका हुन् । 

महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापा १६ सय ४० मत प्राप्त गरिन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro