काठमाडौं । नेपाली कांग्रेस, मोरङको सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । लिम्बू एक हजार ९०६ मत प्राप्त गरी विजयी भएका हुन् ।
सभापति पदका लागि कुल तीन हजार २५६ मत खसेकोमा सभापति पदका प्रत्यासी लिम्बूले एक हजार ९०६ मत प्राप्त गरेका हुन् । अर्का प्रत्यासी दिलिप गच्छदारले एक हजार ४२५ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार २५ मत बदर भएको छ ।
लिम्बूलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालको समर्थन थियो । गच्छदार देउवा पक्षीय नेताहरुको साथ र समर्थनमा चुनावी मैदानमा थिए ।
पहिलो चरणको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि दोस्रो चरणमा बुधबार निर्वाचन भएको थियो । अन्य पदाधिकारीको मत गणना आज सुरु हुँदैछ ।