राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि डरलाग्दो हमला भइरहेको बताएका छन् । उनले सपथ ग्रहणलगत्तै सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“महाधिवेशन शानदार ढंगले सम्पन्न भयो । भव्यताका साथ उद्घाटन भयो । नेता अहंकारी हुनुहुँदैन । हामी जनताका सेवा हौँ । हरेक जनताका प्रति सम्मानजनक तरिकाले जानुपर्छ । त्यस व्यवहारले मात्रै समाजमा सन्देश दिन सकिन्छ,” उनले भने, “हामीमाथि डरलाग्दो हमला छ । यसबाट बचाउनुछ । तीन महिना एकीकरणको अभियान थाल्नेछौँ । त्यो भनेकबो कार्यकर्ता प्रवेश गराउने अभियान हो । पार्टी पार्टी भेला गरेर हुँदैन । विभिन्न पार्टीबाट कार्यकर्ता ल्याउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि लैजानुपर्छ ।”
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ १९:५४
प्रतिक्रिया दिनुहोस्