site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको अधिवेशन पर्याप्त छ : माधव नेपाल
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाएका छन् । राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज काठमाडौं आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरूले गरेको विद्रोह सही भएको बताएका हुन् ।

“एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनमा भइरहेको अधिवेशन पर्याप्त छ,” उनले भने, “एमालेमा फरक मत राख्नेहरूको अपमान भइरहेको छ । जनताको बहुदलीय जनवादलाई उपहास गरेको छ, त्यसमा विचार तथा बहसको व्यवस्थापन गर्न चाहदैन ।”  

अध्यक्ष नेपालले लोकतान्त्रिक शक्तिबीच गरिएको गठबन्धनले संविधानको रक्षा र जनताको क्रान्तिबाट प्राप्त भएको अहिलेको व्यवस्थालाई संरक्षण गरेकाले यसलाई निरन्तरता दिइने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टी समानता र न्यायको यात्रामा अघि बढेको उल्लेख गर्दै समाजवादले जनताको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने विश्वास व्यक्त गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu