site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
जावलाखेलका प्रशिक्षकको निराशा– गोल हुन पूजा नै गर्नुपर्ने हो कि !
SkywellSkywell

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएपछि जावलाखेल युथ क्लबका प्रशिक्षक किशोरकुमार केसीले गोलका गर्नका लागि ‘पूजा नै गर्नुपर्ने हो कि’ भनेर निराशा पोखेका छन् । 

प्रशिक्षक केसीले दुईवटा प्रहार बारमा लागेर फर्किएको र आफूलाई भाग्यले साथ नदिएको बताए । 

Dabur Nepal
NIC Asia

‘‘सरप्राइज रिलज्ट निकाल्न खोजेको हो । तर, सकिएन । भाग्यले पनि साथ दिएको छैन । दुईवटा प्रहार बारमा लागेर फर्कियो । पूजा नै गर्नु पर्ने हो कि के हो थाहा छैन,’’ खेलपछि जावलाखेलका प्रशिक्षक केसीले ठट्टा गरे, ‘‘खेलाडीको प्रदर्शनबाट त खुसी नै छु । तर, हामीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनौँ ।’’

पुलिसका सुमनले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । ५१औँ मिनेटमा बुद्धबल तामाङको स्थानमा मैदान छिरेका सुमनले रवि पासवानले मैदानको मध्यभागबाट दिएको लामो पास नियन्त्रणमा लिएर गोल गरेका थिए । जावलाखेलका प्रशिक्षक केसीले पुलिसको त्यो गोल हुन्छ भनेर आफूले सोच्दै नसोचेको बताए । 

‘‘पुलिसले काउन्टर अट्याकमा सफल भयो । राम्रो गोल गर्‍यो । काउन्टर अट्याकमा गोल खाइयो । साह्रै दुख लाग्यो । मैले त त्यो गोल होला भनेर सोचेकै थिइनँ । हाम्रै चार खेलाडी छन् । रोक्न सकेनन्,’’ गोल हुन नसकेको समस्याबारे प्रशिक्षक केसीले भने, ‘‘गोल नभएपछि त अग्रपंक्तिमा समस्या भएकै मान्नु पर्‍यो नि । फरवार्ड ओनगुना जुनियर पनि कहिले चलेको जस्तो पनि गर्दिन्छ । नाटकै हो कि के हो ?’’

जावलाखेलले पनि पहिलो खेलमा पनि मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले नै पराजित भएको थियो । जावलाखेलको यो लगातार दोस्रो हार हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro