site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रूपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाभाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनको भनाइ छ ।

नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रूपमा अपनाउनुपर्नेमा अधिकारीको जोड दिए । उनले भने, “हाल नेपालमा कोभिड–१९ संक्रमितको संख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ।”

Global Ime bank

नयाँ भेरियन्टको कोरोनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय