site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानले भन्यो– खेलाडी वर्गीकरणमा कुनै परिमार्जन हुँदैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली क्रिकेट खेलाडीको वर्गीकरणमा कुनै परिमार्जन नहुने स्पष्ट पारेका छन् । 

खेलाडीहरूले बुझाएको १९ बुँदे ज्ञापनपत्रबारे बिहीबार (आज) मूलपानीस्थित क्यानको कार्यालयमा खेलाडीसँगको छलफलपछि मल्लले भने, “वर्गीकरणको विषयमा चित्त नबुझे उहाँले हामीलाई सोध्न पाउनुहुन्छ । हामीले जवाफ दिन्छौँ । क्यानले बनाएको समितिले गरेको खेलाडी वर्गीकरणमा कुनै गल्ती छैन । त्यसकारण यसमा क्यानले परिमार्जन गर्ने कुरै हुँदैन । यसैअनुसार खेलाडीको कन्ट्रयाक्ट हुन्छ । यसमा खेलाडीहरू पनि सकरात्मक छन् ।"

‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरिएको वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच मतभेद बढेको छ । खेलाडीले ‘अभिभावक संस्थाबाट अन्याय भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

खेलाडी संघविरुद्ध वक्तव्यबाजी गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ खेलाडीले बुझाइसकेका छन् । तथापि स्पष्टीकरणको विषयमा आज कुनै छलफल नभएको मल्लले बताए । 

‘‘खेलाडीको बिमाहरूको विषयमा छलफल भयो । उहाँहरूले पुरस्कारको विषयमा सोध्नुभएको थियो । मुख्य प्रशिक्षकको नियुक्तीबारे सुझाव दिनुभयो । भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ,’’ खेलाडीसँगको बैठकपछि कार्यवाहक सचिव मल्लले भने, ‘‘स्पष्टीकरणको विषयमा आज खासै कुरा भएन । त्यस विषयमा हामी छुट्टै बैठक बस्नेछौँ ।’’

Royal Enfield Island Ad

क्यान कार्यालयमा सम्पन्न बैठकमा खेलाडीकोतर्फबाट कप्तान ज्ञानेन्द्र, दीपेन्द्रसिंह, शरद भेषावकर, कुशल भुर्तेल, अविनाष बोहोरा, पवन सर्राफ, कमलसिंह ऐरी र सन्दीप जोरा उपस्थित थिए । त्यस्तै, क्यानको तर्फबाट कार्यवाहक सचिव मल्ल, कोषाध्यक्ष रोशन सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास उपस्थित थिए । 

कप्तान ज्ञानेन्द्रले भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ भनेर क्यानसँग अन्तरक्रिया गरेको बताए । 

‘‘हामीले दुई, तीन वटा विषयमा कुरा राखेका छौँ । खेलाडी वर्गीकरणको विषयमा पनि छलफल भयो । खेलाडीको राम्रो होस् भन्ने नै हाम्रो चासो हो । आज उपलब्ध खेलाडी यहाँ छलफल गरेका हौँ । खेलाडीहरू सधैँ एक नै छौँ । चाहे मैदानमा होस वा मैदानबाहिर हामी एक नै छौँ,’’ कप्तान ज्ञानेन्द्रले भने । 

यसअघि कार्यवाहक सचिव मल्ले क्यानले सोधेको स्पष्टीकरणलाई काउन्टर दिन खेलाडीले १९ बुँदे ज्ञापनपत्र बुझाएको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro