site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशशरण महतले उपेन्द्र कार्कीलाई घोषणा गरे काठमाडौं कांग्रेस सभापतिको उम्मेदवार 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं अधिवेशनमा केन्द्रीय नेताहरूले नै गठबन्धन बनाएका छन् । शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला भर्सेस प्रकाशमान सिंह–गगन थापाबीच भइरहेको प्रतिस्पर्धामा काठमाडौं सभापतिको उम्मेदवारी घोषणा सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।  

उनले उपेन्द्र कार्कीलाई काठमाडौं कांग्रेसको सभापति उम्मेदवार घोषणा गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“देउवा टिमबाट उपेन्द्र कार्की सभापति उठ्नुहुनेछ,” उम्मेदवारी घोषण गर्दै सहमहामन्त्री महतले भने, “पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य हो । हाम्रो ध्यान तीन तहको राष्ट्रिय चुनावमा हुनुपर्छ ।” उनले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै  एक अर्कालाई होच्याउने काम नगर्न सुझाव दिएका छन् ।

“नेताहरूले कमिकमजोरी गरे त्यो स्वीकार गर्ने कल्चर बसाउनुपर्छ,” महतले भने, “जित्ने हार्ने दुवैले पार्टी जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ । पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ ।”

Royal Enfield Island Ad

उनले भएका मतभिन्नता शिष्ट शैलीमा जाहेर गर्न पनि आग्रह गरे । “यो अधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आधुनिक बनाउन कम्मर कस्नुपर्छ,” महतले भने, “सभापति देउवाले पनि आफू बहुमतमा भएपनि क्रियाशील वितरणमा पनि सहमतिमा काम गर्नुभएको छ । उहाँले सबैको सम्मान गर्नुभएको छ । जसका कारण अरू पार्टी जस्तो फुटेका छैनौ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro