राजनीति
दाङ । नेपाली कांग्रेसका दुई जना पूर्वजिल्ला सभापतिहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नम्बर ३ बाट घनश्याम रेग्मी र क्षेत्र नम्बर २ बाट वीरकेश्वरी गौतम पराजित भएका हुन् । गौतमले संकटकालमा पार्टी र कार्यकर्ता जोगाउन महत्वपूर्ण भूमिका खेलका थिए ।
त्यसपछिका पार्टी सभापति रेग्मी पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका व्यक्ति हुन् ।
रेग्मीले क्षेत्र नम्बर ३ मा संस्थापन प्यानलबाट उम्मेदवारी दिएका थिए भने गौतमले क्षेत्र नम्बर २ बाट संस्थापन इतरबाट उम्मेदवारी दिएका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्