काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ– सिप्रदीयन सहायता संस्थाको सहकार्यमा निर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको नवनिर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगा चोक गढीनगरपालिकाका प्रमुख अमानसिं तामाङले समुद्घाटन रुपमा उद्घाटन गरे ।
नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको संस्थाले जनाएको छ ।
शारदा माध्यमिक विद्यालय, जाल्पादेवी माध्यमिक विद्यालय, मार्मिङ माध्यमिक विद्यालय, थापीनारायण आधारभूत विद्यालय, कोदारी माध्यमिक विद्यालय तथा जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माण संगै सात वटै विद्यालयको हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।