site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजतन्त्र फर्काउन गरिएको प्रतिनिधिसभा विघटन जनताले विफल पारे : प्रचण्ड
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उद्देश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको बताएका छन् । मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरूले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ ०१७ साल फर्काउन गरेको प्रतिनिधिसभा विघटन असफल भएका बताएका हुन् ।

अहिले पनि केहीलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै उनले सबैले संविधानलाई जोगाउनुपर्ने बेला आएको बताए । प्रचण्डले नेपालको राजनीति परिवर्तनको प्रक्रिया चक्रव्यूहमा पुगेको र यसलाई निकाल्नुपर्ने बताए । 

त्यस्तै उनले निर्वाचन प्रणाली र शासकिय स्वरूप तथा पहिचानका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए । उनले संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी केपी ओली नै भएको पनि बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय