site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इच्छाराज तामाङले सञ्चय कोषको ऋण नतिरेपछि सीटीसी मल लिलामी तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङ सञ्चालक रहेको सिभिल इस्टेट्स प्रा.लि. (सीटीसी मल) ले ऋण नतिरेपछि लिलामीको तयारी गरेको छ । 

कोषले सोमबार ३५ दिने सूचना जारी गर्दै सबै ऋण तिर्न वा तिर्नुपर्ने किस्ता नियमित गर्न भनेको छ । सो अवधिभित्र ऋण तिर्न नआएमा धितोमा रहेको सीटीसी मल लिलाम गरी बिक्री गरिने कोषले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोषबाट लिएको ऋणको भाखा नाघेको, ऋणको साँवा व्याज रकम तिर्न पटक पटक गरेको ताकेता गर्दा पनि नतिरेको भन्दै कोषले सीटीसी मल लिलामी प्रक्रिया अगाडि बढाएको हो ।

उद्योग विभागमा २०६४ असोज ९ गते दर्ता भएको सिभिल इस्टेट्स प्रा.लि.का सञ्चालकहरु इच्छाराज तामाङसहित धनकुटा स्थायी घर भएका शिवलाल श्रेष्ठ र ललितपुर स्थायी घर भएका विजय कुमार मुखिया हुन् । 

Royal Enfield Island Ad

उनीहरुले काठमाडौंस्थित सुन्धारामा रहेको सीटीसी मल धितो राखेर कोषबाट ऋण लिएका थिए । 

उक्त मलमा ६ रोपनी क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ ८२ हजार ९५ वर्गफिट बराबरको १३२ पसलहरु रहेका छन् । कोषलाई तिर्नुपर्ने रकम लिलामी गर्दा पनि पूरा नभएमा ऋण दिँदा जमानी बसेकाहरुबाट समेत असुल उपर गर्ने जनाएको छ । 

सिभिल ग्रुपका अध्यक्ष तामाङ सिभिल सहकारीको निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro