site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक मिचेर गाडी पार्किङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय राजधानी काठमाडौंका प्रमुख सडकहरूमा ट्राफिक प्रहरीले सडकको एकातर्फ ‘नो पार्किङ’को सिग्नल राखेको छ । सिग्नलअनुसार ती ठाउँमा पार्किङ गर्न मिल्दैन । तर, सडकमा भने दुवैतर्फ गरी तीन लाइन बनाएर अव्यवस्थित रूपमा पार्किङ गरिरहेको पाइन्छ ।  

गाडी गुड््ने सडक मिचेर पार्किङ गर्दा त्यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परिरहेको हुन्छ । यसले काठमाडौंको जामलाई थप थप बढाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले केही वर्ष पहिले काठमाडौं उपत्यकाको सवारी चापलाई मध्येनजर गर्दै सडक आसपास क्षेत्रका घरहरू भत्काएर सडक चौडा बनाएको थियो । तर, अहिले ती चौडा बनाइएका गाडी गुड्ने सडक पार्किङस्थलमा परिणत भएका छन् । 

काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्डअनुसार व्यापारिक भवन बनाउँदा अनिवार्य रूपमा अन्डर ग्राउन्ड पार्किङ बनाउनु पर्छ । महानगरको मापदण्ड बमोजिम भवन बनाइए पनि पार्किङस्थलबारे भने कुनै चासो देखाइएको छैन । 

Global Ime bank

अर्कातर्फे पुरानो बसपार्क रहेको ठाउँमा भ्यूटावर कछुवा गतिमा ठडिँदैछ । महानगरपालिकाले लामो दूरीका सवारी साधनलाई नयाँ बसपार्क, कोटेश्वरबाट छुट्ने व्यवस्था मिलाएको छ । 

छोटो दूरीका सवारी साधन ‘पिक एन्ड ड्रप’ प्रणालीबाट सञ्चालनमा ल्याइएका छन् । यसले गर्दा पनि काठमाडौंका सडकमा सवारी साधन पार्किङ गर्ने क्रम बढ्दै गएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास आफूहरूले निरन्त जाम कम गर्ने प्रयास गरिरहेको बताउँछन् । ‘‘सडक सवारी साधन गुडाउनको लागि मात्रै हो । पार्किङ गर्नको लागि होइन । काठमाडौंका विभिन्न सडकमा भएका पार्किङ हाम्रो स्वीकृतिमा दिइएका होइनन्,” उनले भने, ‘‘हाम्रो उद्देश्य ट्राफिक व्यवस्थापन गरी जाम कम गर्ने नै हो ।”

ट्राफिक प्रहरी र स्थानीय सरकारले जथाभावी सडकमा सवारी पार्किङ गर्न दिँदा सवारी चालकहरूले पनि विरोध जनाउँदै आएका छन् । जोरपाटी–रत्नपार्क रुटमा सार्वजनिक सवारी चलाउँदै आएका नेत्रबहादुर थापाले सडकमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकलाई मनोमानी तरिकाले सडकमै सवारी पार्किङ गर्न दिएको बताए । ट्राफिक प्रहरीसँगै नियामक निकायको चलखेलले गर्दा सडक अतिक्रमणमा पर्ने उनको दाबी छ ।

‘‘१० वर्षदेखि मैले यो रुटमा गाडी चलाउँदै आएको छु । बौद्ध, चाबहिल, डिल्लीबजार, बागबजार क्षेत्रमा अत्याधिक दुर्घटनाको जोखिम छ । सवारी गुडाउन मात्रै प्रयोग गर्नुपर्ने सडकको तीन लेयरसम्म पार्किङ गर्छन् । सडक लेन चौडा भए पनि दुवैतर्फ सवारी ओहोरदोहोर गर्न सास्ती हुन्छ,” थापाले भने । 

नियामक निकायले मापदण्ड अनुसार कार्यान्वयन नगर्दा सडकका दुवैतर्फका सडक पार्किङले भरिएका छन । न्युरोेड क्षेत्रका सडकहरूमा त झनै ‘फुटपाथ’समेत ओगटेर सवारी पार्किङ गरिएका छन् । फुटपाथ प्रयोगकर्ताहरू सडकमै हिँड्न बाध्य छन् ।

यसरी सडक पार्किङ बढ्दै जाँदा ट्राफिक जाम, सवारी दुर्घटना, सवारी साधन चोरीका घटनाहरू बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सडकको तीन लेयरसम्म ओगटेर गरिएका पार्किङ व्यवस्थापन अस्तव्यस्त हुँदा यसको प्रत्यक्ष मारमा यात्रु र चालक परिरहेका छन् । 

सुरुसुरुमा मापदण्ड पालना गर्न नियामक निकायले कडाइ गरे पनि पछिल्लो समय बेवास्ता गरिहेको सवारी चालकहरूको भनाइ छ । ‘‘हुन त नियामक निकायका पनि आफ्ना समस्या होलान् । तर, समस्या छन् भन्दैमा सडकमा यसरी सवारी अस्तव्यस्त बनाउन भएन,” चालक थापाले भने । नियामक निकायले अव्यवस्थित पार्किङका लागि राखिएका सवारी साधन उठाएरै भए पनि सडक पार्किङ हटाउनुपर्ने उनी बताउँछन् ।

ट्राफिक प्रवक्ता दास व्यापारिक क्षेत्रका व्यापारीहरूले सडकलाई ‘पार्किङ  रुम’का रूपमा प्रयोग गरेको बताउँछन् । ‘‘आफ्नो पार्किङ गर्ने ठाउँ हुँदाहुँदै सडकमै पार्किङ गर्न नहुने हो । सडक भनेको गाडी गुडाउन हो । पार्किङका लागि होइन,” उनले भने । 

महाशाखाले सडकलाई पार्किङस्थल नबनाएर ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न माग गर्दै आएको जनाएको छ । यद्यपि, अव्यवस्थित रूपमा गरिएका केही पार्किङ उठाउने समेत गर्दै आएको छ । 

काठमाडौं महानगरपालिकाले मुख्य व्यापारिक क्षेत्रको केही ठाउँमा २०७६ असारदेखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको थियो । उक्त स्मार्ट पार्किङ सञ्चालन बमोजिम सडकमा कोरिएका पहेँलो रेखाभित्रको एउटा लाइनमा मात्रै सवारी पार्किङ गरिन्थ्यो ।

तर, अहिले महानगरले सञ्चालन गरेकै पार्किङस्थल भद्रगोल बनेका छन् । महानगरले दरबारमार्ग मार्ग, वीर अस्पताल, खिचापोखरी सडक, प्युखा मार्ग, शुक्रपथ विशाल बजारबाट इन्द्रचोक जाने सडक, धर्मपथलगायत क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको थियो । 

व्यापारिक भवनको अन्डरग्राउन्ड पार्किङ मापदण्ड र स्मार्ट पार्किङबारे महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘‘व्यापारिक भवन बनाउँदा अनिवार्य गरिएको अन्डरग्राउन्ड पार्किङ बनाउनै पर्छ । हामीले कुनै चलखेल गरेका छैनौँ । जतिसक्दो पार्किङ व्यवस्थापन गरिरहेकै छौँ । व्यापारिक भवनमा बनाइएका पार्किङ पार्किङस्थलकै रूपमा सञ्चालनमा आएका छन् । हामीले निरन्तर अनुगमन गरिरहेका छौँ ।” 

उनका अनुसार पार्किङस्थलबारे महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । सो समितिले निरन्तर पार्किङस्थल अनुगमन गरी आवश्यक कारबाही गर्दै आएको उनको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement