राजनीति
जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन् । आइतबार सर्वसम्मत रूपमा साहलाई चयन गरिएको हो ।
अरू पदमा भने सहमति हुनसकेको छैन । यद्यपि, नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।
उपाध्यक्षमा दुई पदका लागि पाँचजनाको उमेदवारी परेको छ । राकेशविक्रम साह, राकेश यादव, पंकज महतो, दिनेश यादव र नरेश यादवले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।
अरू सबै पदमा पनि उम्मेदवारी परेको छ । सहमति नभए भोलि चुनाव हुनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८ १६:०५
प्रतिक्रिया दिनुहोस्