site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच जिल्ला भए ‘कोभिड फ्री’, काठमाडौं र ललितपुर अझै ‘रेड जोन’मा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला 'कोभिड फ्री' भएका छन् ।

शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ् अनुसार काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित पाँचसयभन्दा बढी रहेको छ । यी जिल्लालाई संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राखिएको छ ।

त्यस्तै झापा, मोरङ, सुनसरी, धनुषा,भक्तपुर, कास्की नवलपरासी पूर्व, रुपन्देही बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयदेखि पाँचसयसम्म रहेको छ । यीबाहेक अन्य जिल्लामा दुईसयभन्दा कम सक्रिय संक्रमित रहेका छन् । बुधबारसम्म नेपालमा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय