site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन्, सभापतिमा शेखर उपयुक्त : शशांक
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने बताएका छन् ।

केही दिनअघि सर्लाहीमा भएको एक कार्यक्रममा बोल्दै उनले संस्थापनइतर समूहबाट दाजु शेखर कोइराला मात्र सभापतिमा जित्ने उमेदवार भएको टिप्पणी गरेका हुन् । उनले नेता पौडेलले एकचोटि चुनाव लडिसकेकाले अब छाड्पर्ने संकेत पनि गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौंबाहिरका नेता–कार्यकर्ताले नचिन्ने कारणले सभापतिमा लड्न उपयुक्त नहुने टिप्पणी गरे । नेता सिंह काठमाडौंभित्रै घेरिएको उनको बुझाइ छ । पार्टीको महामन्त्री बने पनि सिंहको कार्यकर्तामाझ आत्मीयता नदेखिएको उनको भनाइ थियो ।

“उहाँको बारेमा भन्दाखेरी नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्,” उनले भने, “हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरूसँग उहाँको आत्मीयता म देख्दिनँ ।”

Royal Enfield Island Ad

महामन्त्री कोइरालाले पार्टी सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्ने हो भने नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइतर समूहको एकल उमेदवार बनाउनुपर्नेमा जोड दिए ।

“रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्‍यो । किनभने, सिटौलाजीसँग पनि धेरै मान्छे छन् । उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने देउवाजी हामीसँग हार्नुहुन्छ,” उनले उक्त कार्यक्रममा भनेका थिए ।

महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले सभापति जित्ने भए अरू नेताहरूलाई पनि उनले मिलाउनुपर्ने उल्लेख गरे । “उहाँ र म मिल्नुपर्छ भन्ने साथीहरूको भावनालाई म सम्मान गर्छु । मलाई त उहाँले कन्भिन्स गरिहाल्नुहुन्छ । तर, उहाँलाई सभापति हुनु छ भने अरूलाई कन्भिन्स गर्न सक्नुपर्छ,” उनले भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro